arrow

आईपीएल क्रिकेट: धोनीको पुणेले दिल्लीलाई हरायो

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
IPL_Rahane.jpg.jpeg
काठमाडौं। भारतीय कप्तान महेन्द्र सिंह धोनीको पुणे सुपरजायन्ट्सले दिल्ली डेयरडेविल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो उपस्थिती जनाएको छ। 
 
पछिल्लो केहि खेलमा लगातारको पराजय भोगेको पुणेले फर्ममा रहेको दिल्लीलाई पराजित गरेको हो। अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीलाई छैठौं स्थानमा रहेको पुणेले पराजित गरेको हो।
 
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १६२ रन बनाएको थियो। कसिलो बलिङ गरेको पुणेले दिल्लीका ब्याट्सम्यानहरुलाई खुलेर खेल्ने मौका दिएनन्। 
 
दिल्लीका जेपी डुमीनीले सार्वाधिक ३४ रन बनाएका थिए। त्यसैगरि करुण नायरले ३२ र साम बिलिङ्सले २४ रनको योगदान दिएका थिए। पुणेका स्कट बोलण्ड र रजत भाटियाले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पुणेले १९.१ ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बानउँदै जीत हासिल गरेको थियो। पुणेका अजन्के रहाणेले ६३ रन बनाएका थिए भने उसमान ख्वाजाले ३० रनको योगदान दिएका थिए। दिल्लीका ईमरान ताहिरले २ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ म्याच अजन्के रहाणे घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ