arrow

तामझाम सहितको सडक आश्रित मानवमुक्त गरेको घोषणा मात्रै, बुटवलमा सडक मानव छ्यापछ्याप्ति

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ १७ शनिबार
butwal-sub-metro1.jpg

रुपन्देही। प्रदेश-५ को अस्थायी मुकाम बुटवल बढ्दो शहरीकरणका कारण जनघनत्वको चाप बढ्दै गएको छ। उद्योगधन्दाको विकास समेत बढेको छ। काम गर्न छिमेकी पहाडी जिल्लाहरुबाट परिवार लिएर आउने संख्यामा पनि बढेको छ। पछिल्लो समय बुटवलका सडकहरुलाई साना देखि ठुला मानिसहरुले आफ्नो आवास वनाउन थालेपछि गत वर्ष २०७६ साल पुस ५ गते बुटवल उप–महानगरपालिकाले बुटवललाई तामझामका साथ बेसहारा, अशक्त, असाहय अभिभावक विहिन सहयोगापेक्षी सडक आश्रित मानवमुक्त ऐतिहासिक घोषणा कार्यक्रमको आयोजना गरी सडक मावन मुक्त घोषणा समेत गर्यो।

तर बुटवल शहर औपचारिक कार्यक्रममा सडक मानव मुक्त घोषणा गरिए पनि अझै सम्म बेसहारा सडक मावन मुक्त हुन सकेको छैन। विश्वभर कोरोना भाईरस महामारीवाट वच्न सरकारले देशलाई अहिले निरन्तर रुपमा लकडाउन गर्दै आएको अवस्थामा बुटवलका मुख्य सडक पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पर्ने पुष्पलाल पार्क लगायत ठाउँहरुमा सकड वालकहरुको संख्यामा कुनै कमी आएको छैन।

सडकमा हिड्ने मानिसहरुसंग केही पैसा मागेर खाने, कवाड उठाउने, लागुऔषध सेवन गर्ने र चोरी कार्यमा संलग्न हुनु उक्त वालकहरुको बाध्यता जस्तै भएको सो टोलीका एक सन्दिप नेपालीले बताए । साथै उनीहरुको उद्धार गर्ने नाममा विगत देखि नै बुटवलमा रहेको मानवसेवा आश्रमले घर वहाल अनुरुप बुटवल उपमहानगरवाट मासिक हजारौं रकम बुझ्दै आएको छ।

आश्रमका केही मानिसहरुलाई राखेको भएपनि तर आश्रमले सडक वालकहरुलाई राखेको छैन। मानवसेवा आश्रम सेवा बुटवलको जिम्मेवारी, जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा बुटवललाई बेसहारा, अशक्त, असाहय अभिभावक विहिन सहयोगापेक्षी सडक आश्रित मानवमुक्त ऐतिहासिक कार्यक्रम माथि नै प्रश्न चिन्ह खडा भएको छ । जहाँ अहिले पनि सडक वालकहरु सडकमै देखिरहेका छन्।

पुष्पलाल पार्क नजिकका एक व्यवसायीले भने, तामझाम गरेर अव बुटवलका सडकलाई मावनरहित बनाईयो भन्ने खवर सुन्दा खुसी त तर अहिले पनि सडक बालबालिका सडकमा नै देखिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ