arrow

अफगानिस्तानको काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ जेठ १७ शनिबार
afghanistan-map-1.jpg

काबुल। अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ। शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो। टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्‍याउने क्रममा विष्फोट भएको कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए। आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ। मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कुर्शिद टेलिभिजनको गाडीलाई एक वर्षभित्र भएको यो दोस्रो आक्रमण हो। घटनामा दुई बटुवासमेतको मृत्यु भएको बताइएको छ। सन् २०१९ को अगस्त महिनामा पनि उक्त च्यानलका कर्मचारी बोक्ने गाडीमा यस्तै आक्रमण भएको थियो। समाचार तयार पार्दासम्म उक्त घटनाको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन।

अफगानिस्तानमा तालिवान समूहसँग अमेरिकाले गरेको युद्धविराम सम्झौतासँगै आक्रमणका घटनाहरूमा कम आएपनि सरकार र विद्रोही पक्षबीच यदाकदा आक्रमणका घटना भने रोकिएका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ