arrow

प्रहरीले ज्यादती गरेको भन्दै सफाई कर्मचारीले बिरगञ्जमा उठाउन छोडे फोहोर

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ १७ शनिबार
cleaner-injured-birjung-dir.gif

पर्सा। बिरगञ्ज महानगरपालिका सफाईमा खटेका कर्मचारीहरुमाथि पर्सा प्रहरीले अपशब्द प्रयोग गरी कुटपिट र हुल हुज्जतको घटनामा वृद्धी भएपछि सफाई कर्मचारीहरुले काम ठप्प गरेका छन् ।

बिरगञ्जज महानगरपालिका र पृथ्वी तारा एनके इन्टरनेशनल जेभीले निजी साझेदारी अन्तर्गत नगर सरसफाईको काम गर्दै आएका छन्। 

जेठ १५ गते दिउँसो एक बजे भारतीय महावाणिज्य दूतावासको अगाडी फोहर बोक्ने ट्याक्टरको ड्राइभर बृजकिशोर कुशवाहालाई काम सकेर घर जान लाग्दा प्रहरीले लठ्ठीले हिर्काउँदा दाहिने खुट्टा भाच्चिएको थियो ।

एनएमसी अस्पतालमा उपचार गराउन जाँदा घाउ जाँचको फारम भरेर प्रहरी रिपोर्ट बनाउन खोज्दा डाक्टरले नमानेपछि उपचार गराएर फर्केको वीरगंज महानगरपालिकाको सहायक सरसफाईं अधिकृत सर्फुदिन मियाँले बताए। 

यसैगरी जेठ १६ गते शुक्रबार साँझ साँढे ६ बजे सरसफाई पर्यवेक्षक छोटेलाल कुशवाहा चढेको प्रदेश नं.२–०३–००४ प ५३०७ नम्बरको मोटरसाईकल आदर्शनगर चौकमा प्रहरीले गाली गर्दै खोसेपछि कर्मचारीहरुले शनिबारदेखि काम ठप्प पारेका हुन् ।

सरसफाई कार्यमा खट्ने सम्पूर्ण कर्मचारीहरुलाई परिचय–पत्र उपलब्ध गराएपनि स्विपरहरुलाई दिनहुँ बाटोमा खट्ने प्रहरीले बेइज्जत गर्ने गरेको कारणले गर्दा समस्या उत्पन्न भएको सहायक सर्फुदिन मियाँले बताए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक विरेन्द्र शाहीले यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताए । 

वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले प्रहरी प्रशासनसँग समन्वय हुने काम भइरहेको र छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ