arrow

दैनिक १ लाख २५ हजार कोरोना संक्रमित थपिए, अमेरिकासहित कहाँ बढ्यो कहाँ घट्यो ? 

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
corona-world.jpg

काठमाडौं । विश्वमा अहिले दैनिक एक लाख २५ हजारको हाराहारीमा कोरोना भाइरस संक्रमित बढ्दै गएका छन् । 

विश्वमा अहिले ६१ लाख ५० हजार ४८५ जना संक्रमित पुगेका छन् भने मृतक ३ लाख ७० हजार ५०६ पुगेका छन् । २७ लाख ३४ हजार ५४८ जनालाई मात्र निको भएको छ । 

अमेरिकामा संक्रमित २५ हजारकै हाराहारीमा बढ्दै गएका छन् । अहिलेसम्म त्यो क्रम रोकिएको छैन । मृतक हजारको हाराहारीमा भइरहेका छन् । 

अमेरिका शीर्ष स्थानमै छ । शनिबार २३ हजार २९० जना संक्रमित थपिँदा मृतक १ हजार १५ थपिएका छन् । 

कहाँ बढ्यो ? 
ब्रजिलमा एकाएक बढिरहेको छ । २४ घण्टामा ब्रजिलमा सबैभन्दा बढी ३० हजार १०२ जना संक्रमित बढ्दा दोस्रो अमेरिका तथा तेस्रो रुस रहेको छ । 

रुसमा ८ हजार ९५२ जना संक्रमित थपिएका छन् । चौथो स्थानमा भारत रह्यो । भारतमा ८ हजार ३३६ जना संक्रमित थपिए । 

पाँचौं स्थानमा पेरु रह्यो । पेरुमा ७ हजार ३८६ जना संक्रमित थपिए । चिलीमा ४ हजार २२० जना थपिएका छन् । 

सातौं स्थानमा रहेको मेक्सिकोमा ३ हजार २२७ जना संक्रमित भएका छन् । 

कहाँ घटे ? 
स्पेन, बेलायत, इटाली, फ्रान्समा एकाएक संक्रमित घटेका छन् । कुनै समय शीर्ष चारमा रहने यिनै राष्ट्रहरुमा अहिले संक्रमित दैनिक निकै घटेका छन् । 

पछिल्लो २४ घण्टामा स्पेनमा ६६४, बेलायतमा १ हजार ६०४, इटालीमा ४१६ तथा फ्रान्समा १ हजार ८२८ जनामात्र संक्रमित थपिएका छन् । 

कोरोनाको उद्गम स्थल चीनमा ४ जना नयाँ संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ