- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जान्छु प्रिय बस्दिन प्रदेशमा
कुर्दैछिन् आमा घर
कतै देश कब्जा पो गर्छन् कि
लाग्दैछ मनमा डर
जब भूमि अतिक्रमण भयो उता
रोपियो मनमा छुरा
सिस्नु खोले खाएरै भएपनि
बस्छु लिम्पियाधुरा ।
छोराले सोध्लान् खै आमा भनेर
भन्दिनु गइन् देश
छोरीले भन्लिन् काइयो लिएर हातमा
कसले कोर्दिन्छ केस
संहाले घर र व्यापार तिमीले
गरे सबै काम पूरा
सीमामा सेनाले नघेरे सम्मलाई
बस्छु लिम्पियाधुरा ।
घरको किस्ता बिस्तारै तिरौंला
चाहिँदैन गाडी बरु
जन्मभूमि रुँदा केही गर्न नसके
के काम लाग्यो अरु
छिटो जानु छ बिदा देउ बरु
सुन्दिन अरु कुरा
नेपाली झण्डा नगाडे सम्मलाई
बस्छु लिम्पियाधुरा ।
नगर्नु मेरो पीर कहिँकतै तिमीले
नेपालकी छोरी हुँ म
तिनै आमाको संरक्षण गर्नु छ
के लानु छ र मरि
अमरसिंह र बलभद्रकी बहिनी
म के मा कमी छु र ?
कन्दमुल अमला पानी पिएरै
बस्छु लिम्पियाधुरा ।
महाकालीको तिरमा बसेर
गाउँछु नेपालको गीत
गोर्खाली मन हो नेपाली पन हो
झुक्दिन दुस्मनसित
देशको लागि ज्यानै दिन तयार छु
रहोस् सपना अधुरा
भूमि फिर्ता नपाए सम्मलाई
बस्छु लिम्पियाधुरा ।