arrow

विकासको नमूनाः सात नपुग्दै भत्कियो पोखरी

logo
टेकराज अवस्थी, 
प्रकाशित २०७७ जेठ १८ आइतबार
half-pokhari.jpg

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा निर्माण भएको एक पोखरी ७ महिना नपुग्दै भत्किएको छ । 

शैल्यशिखर नगरपालिका वडा नं. ४ मा आर्थिक वर्ष २०७६÷०७७ को बजेट अन्र्तगत निर्माण सम्पन्न भनिएको सिंचाई पोखरी भत्किएपछि स्थानीय दंग परेका छन् । 

गत मंसिर महिनामा स्थानीइ गाउँकै महिलाहरुको समूहको नाममा आएको तिन लाख बजेटमा निर्माण सम्पन्न भएको पोखरी गुणस्तरहिन त छँदैछ योजनाको प्रभावकारिता माथी नै प्रश्नचिन्ह खडा भएको स्थानीय बताउँछन् । 

कमसल निर्माण सामाग्री प्रयोग गरेर भत्किएको त्यही पोखरीमा फेरि मर्मतका लागि प्रदेश सरकारमा बजेट माग गरिएको स्थानीयले जानकारी दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ