arrow

[अपडेट]संसदमा संविधान संशोधन प्रस्तावसहित के के हुन्छ आइतबार ? 

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
sanghiya-samsad.png

अपडेट,

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक, २०७७) संसदमा पेश गरेकी छिन् । 
 

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधनको विधेयक प्रस्ताव पेश भएको हो । बैठक ११ बजेदेखि जारी रहेको छ । बैठकमा सुरुआतमा ‘शुन्य समय’ मा सांसदहरुले आफ्नो भनाइ राखेका थिए । 

सरकार आफैले संसदमा दर्ता गरेर पनि यो संशोधन प्रस्ताव पेश नगर्दा आशंकाहरु बढेका थिए । 

तर नेकपा नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दोष दिएको थियो । कांग्रेसले शनिबारै संशोधन गर्ने निर्णय गरिसकेको छ । 

त्यस्तै आइतबारको संसद बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । 

त्यसपछि छलफल प्रारम्भ भएको छ ।

अब बल्ल नेकपाले संसदमा पेश गर्ने बताएको छ ।

यस्ता छन् आइतबारका कार्यक्रमहरु–
१, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले क, नेपालको संविधान (दोस्रो संशोधन विधेयक, २०७७) लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने ।
ख, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने । 

वार्षिक अनुमानमाथि छलफल प्रारम्भ
क, अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने । 
ख, आव २०७७–०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने । रहेको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको दैनिक कार्यसूचीमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ