arrow

असल सन्तान जन्माइदेउ प्यारी 

logo
सुशीलराज शर्मा, 
प्रकाशित २०७७ जेठ १८ आइतबार
sushil-sharma.gif

बस्तीमा धुवाँ नपुत्ताउन्जेलसम्म
गडामा बिउपल बिउ नउम्रेसम्म 
राते दाइको नाति स्कुल नपुगेसम्म
निदाउन नसक्ने सन्तान जन्माइदेउ प्यारी ।।

गैराघरकी भाउजुले दमको ओखती नपाएसम्म,
उजाडपुरमा विरुवा नरोपेसम्म
माइलाको नातिले जागिर नखाएसम्म,
खाना निल्न नसक्ने सन्तान जन्माइदेउ प्यारी ।।

सुशासनको जरो नगाडेसम्म,
व्यथितिलाई निमिठ्यान्न नपारेसम्म
भ्रष्ट, दलाल र फटाहलाई तह नलगाएसम्म,
शिर ठाडो पारी हिड्न नसक्ने सन्तान जन्माइदेउ प्यारी ।।

सुस्ता, कालापानी, लिपुलेकको बक्रेदृष्टि सोझो नपारेसम्म,
समाजसेवाका नामबाट धर्म प्रचार नरोकेसम्म 
लाजिम्पाटले बालुवाटार परिवर्तन गर्ने धम्की दिन नछोडेसम्म,
खुल्ला मञ्चबाट धावा बोल्ने सन्तान जन्माइदेउ प्यारी ।।

बर्षौदेखि बाँझिएको जग्गा नजोतेसम्म,
विदेशिएकालाई आफ्नै घरमा स्वरोजगार नबनाएसम्म 
बलात्कृत चेलीको अपराधीलाई जेलचलान नगरेसम्म
हाँस्नै नसक्ने सन्तान जन्माइदेउ प्यारी ।।

प्यारी !
देश छटपटाउँदा, भक्कानो फुटेर आउँछ,
हिँडु खुकुरी समातेर छप्काउदै जस्तो लाउँछ
दलेहरुले परिवन्दमा पारे मलाई
अब तिमीले असल सन्तान जन्माइदेउ प्यारी ।।

बुद्ध, जनक, गोविन्द बिर्सिने गरी 
राम, कृष्ण, दुर्गा सम्झाउने गरी 
नेपाल आमालाई सुनको कचौरा बनाउने गरी
मात्र एक सरो, एक गास पुर्याइदिए पुग्छ
यो देशलाई एक असल सन्तान उपहार जन्माइदेउन प्यारी ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ