arrow

युरोपा लिग: लिभरपुल र सेभिया बिच उपाधिकालागि भिडन्त हुने

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
Jurgen_klopp.jpg.jpeg
काठमाडौं। युरोपा लिग फुटबलको सेमीफाईनलको दोस्रो लेगमा लिभरपुल र सेभियाले आ-आफ्नो खेल जित्दै फाइनल प्रवेश गरेका छन्। लिभरपुलले भिल्लारियाललाई ३-० र सेभियाले शख्तर डोनेत्स्कलाई ३-१ गोलले पराजित गरेको हो। 
 
पहिलो लेगमा भिल्लारियालसँग १-० गोलले पराजित लिभरपुलले समग्रमा ३-१ले बिजयी हुँदै फाईनलको यात्रा तय गरेको हो। त्यसैगरि पहिलो लेगमा १-१ गोलको बराबरी गरेको सेभियाले समगर्मा ५-३ले खेल जित्दै फाईनल प्रवेश गरेको हो। 
 
मे १८मा दुवै टोलीले फाईनल खेल्नेछन्। 
 
लगातार २ बर्षको बिजेता सेभियाले यसपटक जितेमा युरोपा लिगको बिजेताका रुपमा ह्याट्रिक गर्नेछ। सन् २०१३-१४ र २०१४-१५को गरी ४ पटकको बिजेता सेभियाले ३ पटकको बिजेता लिभरपुललाई पन्छाउन सबै प्रयास गर्ने छ। 
 
लिभरपुलले युरोपा सन् २०००-०१ मा जितेको थियो। ९ बर्षपछि कुनै पनि युरोपिय फुटबलको उपाधिकालागि भिड्न लागेको लिभरपुलको यो पहिलो अवसर हो। सन् २००५मा च्यामपियन्स लिग जितेदेखि लिभरपुलले कुनै प्रतियोगिता जितेको छैन्। 
 
लिभरपुलका प्रशिक्षक जर्गन क्लपले आफ्नो  टोलीको प्रदर्शन पछि आफुसँग खेलको बर्न गर्ने शब्द नरहेको बताएका थिए। 
 
लिभरपुल-भिल्लारियाल
पहिलो लेगमा १-० गोलले पछि परेको लिभरपुलले भिल्लारियाललाई दोस्रो लेगमा ३-० गोलले पराजित गरेको हो। खेलको ७औं मिनेटमा भिल्लारियालका ब्रुनो सोरिनोले आत्मघाती गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। 
 
आफ्नो घरेलु मैदानमा लिभरपुलका स्टार खेलाडी ड्यानियल स्टरिजले ६३औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-०को अग्रता दिलाएका थिए। ८१औं मिनेटमा एदम ललानाले गोल गर्दै ३-०को अग्रता दिलाएका थिए। अन्तिममा ति तीन गोल नै निर्णायक भएका थिए। समग्रमा ३-१ गोलले बिजयी हुँदै लिभरपुल फाईनलमा प्रवेश गरेको हो।
 
सेभिया- दोनेत्स्क
पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको खेल दोस्रो लेगमा पुग्दा सेभिया ३-१ गोलले बिजयी भएको हो। सेभियाका केविन गामेईरोले ९औं मिनेटमा आफ्नो टोलीकालागि गोलको खाता खोलेका थिए। खेलको ४४औं मिनेटमा दोनेत्स्कका एडुवार्डोले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 
 
४७औं मिनेटमा फेरि पनि सेभियाका केविन गामेईरोले गोल गर्दै २-१को अग्रता दिलाएका थिए भने ५९औं मिनेटमा मारिआनोले गोल गर्दै सेभियालाई बिजयी बनाएका थिए। समग्रमा ५-३ले बिजयी हुँदै सेभिया फाईनल प्रवेश गरेको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ