arrow

भारतीय नेताका छोराछोरी को को छन् बलिउडमा ?

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
ac.png

काठमाडौं । भारतीय सिनेक्षेत्र बलिउड र राजनीतिको निकै गहिरो सम्बन्ध रहेको छ । अहिलेसम्म भारतमा राजनीति र राजनेतासँग सम्बन्धित धेरै फिल्म बनिसकेका छन् ।

बलिउडमा पनि केही कलाकार राजनीतिक पृष्ठभूमिबाट आएका छन् । जसमध्ये केही निकै चर्चित बनेका छन् भने केहीको नाम खासै चर्चित बन्न सकेको छैन । यहाँ राजनीतिबाट बलिउडमा आएका केही कालाकारको चर्चा गरिएको छ –

सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा बलिउडकी कलाकार तथा नेता शत्रुघ्न सिन्हाकी छोरी हुन् । शत्रुघ्न सिन्हा अटल विहारी वाजपेयी सरकारमा मन्त्री बनेका थिए । सन् २०१९ मा लोकसभा चुनावमा उनले बीजेपी छाडेर कांग्रेसमा सामेल भई चुनाव लडेका थिए । तर, उनले चुनाव हारेका थिए । सोनाक्षीकी आमा पूनम सिन्हा पनि यसै चुनावमा लखनऊ लोकसभा सीटबाट समाजवादी पार्टीको टिकटमा चुनाव लडेकी थिइन् । उनले पनि जित भने हासिल गर्न सकिनन् ।

रितेश देशमुख
आफ्नो अभिनयबाट धेरैलाई प्रभावित पारेका रितेश देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री स्वर्गीय विलास राव देशमुखका छोरा हुन् । विलासराव देशमुख सन् १९९९ देखि २००३ र २००४ देखि २००८ सम्म महाराष्ट्रको मुख्नमन्त्री बनेका थिए । सन् २०१२ अगष्ट १४ मा उनको निधन भएको थियो ।

चिराग पासवान
चिराग पासवानले सन् २०११ मा रिलिज भएको फिल्म ‘मिले ना मिले हम’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि भने उनी कुनै फिल्ममा देखिएनन् । चिराग त्यसपछि आफ्ना पिता रामविलासको पार्टीमा सामेल भए । अहिले उनी जनशक्ति पार्टीबाट लोकसभाको सांसद बनेका छन् । उनका पिता रामविलास पासवान मोदी सरकारमा केन्द्रीय मन्त्री हुन् ।

आयुष शर्मा
सलमान खानका ज्वाइँ तथा बलिउड अभिनेता आयुष शर्मा शाही राजनीतिक परिवारबाट आएका हुन् । उनका हजुरबा सुखराम शर्मा हिमाचलमा कांग्रेसका ठूला नेता थिए । आयुषका पिता अनिल शर्मा कांग्रेसमा लामो समयसम्म रहेका थिए । त्यसपछि उनी बीजेपीमा सामेल भएका थिए ।

नेहा शर्मा
बलिउडकी नायिका नेहा शर्मा पनि एक राजनीतिक परिवारबाट आएकी हुन् । उनका पिताको नाम अजीत शर्मा भागलपुरबाट विधायक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ