arrow

स्पेनी प्रधानमन्त्री सान्चेजले बन्दाबन्दी समय थप गर्न संसदको अनुमति पर्खंदै

logo
एएफपी,
प्रकाशित २०७७ जेठ १८ आइतबार
corona-spain-easter.jpg

मेड्रिड। स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबन्दीको समय बढाउनका लागि संसदको अनुमति मागेका आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन्।

उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन)लाई बढाउने सोचका साथ अघि बढाएका हुन्। स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ। समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफुले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन्।

उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरसविरूद्धको लडाईको उत्तराद्र्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन्। स्पेनी जनताले अन्त्तः कोरोनाविरूद्धको लडाईमा  हजारौ नागरिकको ज्यान गएपनि सावधानीका कारण थप धेरै क्षति हुन नसकेको बताए।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निणैय दिने अपेक्ष गरिएको छ। संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन। मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ