arrow

बाँकेमा गम्भीर सवारी दुर्घटना, १२ को मृत्यु, २१ घाइते

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
accident-final.jpeg

बाँके । बाँकेमा सवारी गम्भीर सवारी दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । २१ जना घाइते रहेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भेरी अस्पताल स्रोतले बताएको छ । 

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । 

दुर्घटनामा ११ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मध्यराति भएको घटनामा मृत्यु हुने ११ पुरुष र एक महिला हुन् । घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सबै भारतबाट आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ