arrow

क्यानाडा कोरोनाबाट ग्रस्त अमेरिकापछिको दोस्रो उत्तर अमेरिकी राष्ट्र, नेपाली पनि प्रभावित

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
nejasa-canada-rahat.gif

काठमाडौं । कोरोना भाइरसले विश्वका २१३ देश र प्रशासित क्षेत्रहरुलाई प्रभावित पारिरहँदा त्यसबाट क्यानाडा पनि अछुतो छैन । 

क्यानाडा उत्तर अमेरिकी महादेशका राष्ट्रहरुमा दोस्रो स्थानमा प्रभावित राष्ट्र हो । पहिलो प्रभावित अमेरिका विश्वमै अगाडि छ । विश्वमा भने क्यानाडा १४ औं स्थानमा छ । 

दोस्रो स्थानको क्यानाडामा ९० हजार ९४७ जना कोरोना संक्रमित छन् । आइतबार मात्रै ७५७ जना नयाँ संक्रमित थपिएका छन् । 

त्यस्तै मृतकको संख्या ७ हजार २९५ पुगेको छ । २४ घण्टामै सबैभन्दा बढी २२२ जनाको ज्यान गयो । 

क्यानाडामा लकडाउन खुकुलो पार्ना साथ संक्रमित बढेका छन् । 

नेपालीहरु पनि संक्रमित 
क्यानाडामा हजारौंको संख्यामा नेपाली परिवार बसेको छ । उनीहरु पनि प्रभावित भएका छन् । 

अहिलेसम्म २४ जना कोरोना संक्रमित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले बताएका छन् । 

विश्वमा रहेका नेपालीहरुमध्ये अहिलेसम्म १३० नेपालीको ज्यान गएको छ भने १६ हजारको हाराहारीमा संक्रमित रहेका छन् । 

क्यानाडामा थुप्रै क्यानेडेली र अन्य विदेशीको ज्यान जाँदा त्यसमा नेपाली नपर्नु नै ठूलो कुरा रहेको छ । 

तर लकडाउन खुकुलो हुँदा भने त्यसले जोखिम बढेको छ । क्यानाडामा पनि प्रभावित नेपालीहरुलाई राहत वितरणमा एनआरएनए सक्रिय रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ