arrow

कपिलवस्तु कोरोनाको हटस्पट, चार पत्रकारसहित २६९ जना संक्रमित

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
Kapilvastui-hamrakura.jpg.jpeg

मणिप्रसाद गैह्रे । कपिलवस्तु जिल्ला कोरोना भाइरस संक्रमणको ठूलो हटस्पट बन्दै गएको छ । दैनिकजसो संक्रमित थपिँदै गएपछि कपिलवस्तु हटस्पट बन्दै गएको हो । 

त्यसैगरी भारतबाट अनियन्त्रित रुपले नेपालीहरु बिना चेकजाँच छिरेपछि स्थिति भयावह बनेको भन्दै स्वास्थ्यकर्मीहरुले दुःख जनाएका छन् ।  

सबैमा कोरोनाको पीसीआर परीक्षणसमेत सम्भव नभएकाले स्थिति अझ बिकराल बन्न सक्ने बताइन्छ । 

अहिलेसम्म कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६९ पुगेको छ । आइतबार मात्रै ४ जना थपिएका छन् । 

थपिएका चारै जना महाराजगंज नगरपालिकाका पुरुषहरु हुन् । महाराजगंज नगरपालिका ४ का ३ र ११ का एक जना हुन् । उनीहरु २५ देखि ४१ वर्षका युवा हुन् । 

संक्रमित अधिकांश युवा नै परेका छन् । यससंगै महराजगंजमा संक्रमितको संख्या ४७ पुगेका छ ।

कपिलवस्तुका संक्रमित मध्ये ४ जना पत्रकार हुन् । उनीहरु राष्ट्रियदेखि स्थानीय तहको मिडियामा काम गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ