arrow

प्रहरी उपरीक्षक केसी आउनासाथ सीमामा तस्करहरुको भागाभाग

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ जेठ १९ सोमबार
Untitled-116.jpg

नवलपरासी पश्चिम । प्रहरी उपरीक्षक (एसपी) अजय केसी आउनासाथ जिल्लाबाट तस्करहरुको भागाभाग हुन थालेको छ । नेपाल र भारतको सीमामा नवलपरासी पश्चिमका जिल्ला प्रहरी प्रमुख अजय केसी आएदेखि सीमामा निगरानी बढाएका छन् । 

केहि दिनदेखि सीमा नाकालाई तस्कर संगठनहरूले कमाइ खाने भाँडो बनाएकै बेला एसपी  केसीले निगरानी बढाएका हुन् । 

उनले जिल्ला मातहत सबै युनिट इन्चार्जहरुलाई तस्कर विरुद्ध खरो प्रस्तुत हुन निर्देशन समेत दिएका थिए । केसीले विशेष सुराकी पाउने बित्तिकै महेशपुर सीमा चौकी प्रमुख प्रहरी निरीक्षक महेश्वर उपध्यायको कमान्डमा गस्ती गर्ने क्रममा पाल्हिनन्दन गाउँपालिका वडा १ सिमल फेदमा बेवारिसे अवस्थामा नेपालबाट भारततर्फ छोहाडा जाँदै गरेको र भारतबाट काजु र किसमिस नेपालतर्फ अवैध रुपमा लाँदै गरेको काजु, किसमिस  २ लाख ४२ हजार ४६० मूल्य बराबरको मालसमान नियन्त्रणमा लिएको छ । 

त्यसैगरी शनिबार राति सुस्ता गापा वडा ५ बनकटीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १ लाख ५० हजार बराबरको विभिन्न किराना सामानहरु र चिनी प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै प्रतापपुर गापा वडा नं ५ धर्मौलीबाट अबैध रुपमा ल्याउँदै गरेको करिब ८० हजार बराबरको शुद्ध प्लस (गुट्खा) समेत बेलाटारी इलाका प्रहरी तथा बसहिया चौकीको संयुक्त कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै रामनगर चौकी संयुक्त गस्ती टोलीले चिनी, किराना सामान, मोबिल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका समानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार पठाइएको नवलपरासी पश्चिम नेपालका प्रहरी सूचना अधिकारी बिरेन्द्र थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ