arrow

पीसीआरमा नेगेटीभ पाइएका व्यक्तिको अकस्मात मृत्यु, कोरोनाको आशंकामा पुन जाँच हुँदै

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
corona-niko-test.jpg

कास्की। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाका एक व्यक्तिको मृत्यु भएको छ। केही दिन अघि भारतबाट आएका र पीसीआर रिपोर्ट नेगेटीभ भएका व्यक्तिको ज्यान गएपछि चेकजाँच गर्ने चिकित्सक र कर्मचारीमा त्रास पैदा भएको छ ।

पीसीआर नेगेटीभ भएपछि घर गएका ति व्यक्ति एक्कासी बेहोस भएपछि पोखरा ल्याईएको थियो। अस्पतालमा उनलाई डाक्टरहरुले मृत घोषित गरेका थिए।

सामान्य बिरामी सम्झेर नर्मल रुपमै उपचार गराएको र पछि भारतबाट आएको थाहा भएपछि उपचारमा संलग्न चिकित्सक र कर्मचारी त्रासमा रहको छन्।

मृतकको उपचारमा संलग्न चिकित्सकहरुले पीपीई समेत नलगाई विरामीको परिक्षण गरेपनि उनीहरु आफै पनि क्वारेन्टाइनमा जानुपर्ने होकी भन्नेमा परामर्शमा रहेका छन्। 

यद्यपी पुन स्वाब संकलन गरेर पठाईएको अस्पताल स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ