arrow

हरियो तरकारीमा कोरोना सर्छ भन्दै बन्दुक देखाएर फालिदियो जिल्ला प्रहरी कार्यालयले  

भारतबाट खुरुखुरु तरकारी ल्याउन दिने तर नेपाली उत्पादनलाई निरुत्साहित पार्न खोज्नु प्रशासनको गैरजिम्मेवारीको हद

logo
नारायण वली, 
प्रकाशित २०७७ जेठ १९ सोमबार
corona-vegetable-arghakhach.jpg

रुपन्देही । हरियो तरकारीमा कोरोना भाइरस सर्छ भन्दै बन्दुक देखाएर उक्त तरकारी बीच बाटोमै फालिएको छ । 

अहिले नेपालमा कोरोना भाइरसको संक्रमणले चरम रुप लिँदै गर्दा एक जिल्लाबाट अर्को जिल्लामा सामग्रीहरु पठाउँदा कोरोनाको त्रासका नाममा बेथिति पनि मच्चिदै गएको छ । 

यस्तै भएको छ अर्घाखाँचीमा पनि । लकडाउनका कारण तरकारी अभाव भएपछि कपिलवस्तुबाट लगिएको तरकारी बन्दुक देखाएर बाटोमै फालिएको छ । 

हरियो तरकारीमा कोरोना भाइरस सर्छ भन्ने डर देखाएर तरकारी बीच बाटोमै फालिएको हो । अर्घाखाँचीमा तरकारीजन्य वस्तुको अभाव भएपछि एक व्यापारीले कपिलवस्तुबाट लगेको तरकारी आइतबार बन्दुक देखाएर बीच बाटोमै फालिएको हो । 

प्रदेश नं ५ अन्तर्गत तराईका जिल्लाहरुमध्ये कपिलवस्तु पनि कोरोनाको हटस्पट हो । त्यहाँको हरियो तरकारी जिल्ला आउँदा कोरोना भाइरस सर्ने भन्दै उक्त तरकारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तर भारतबाट सहजै रुपमा कृषिजन्य वस्तुहरु नेपाल आइरहेका बेला स्थानिय स्तरमा उत्पादन गरेको कृषिजन्य वस्तुलाई नेपाल भित्रै आपुर्ति गर्दा प्रहरीले बन्दुक देखाएर तरकारी नष्ट गर्नुलाई भने निकै गम्भीर पूर्वक हेर्न थालिएको छ । 

यसरी नेपाली उत्पादनलाई बजार ब्यवस्थापन गर्नुको सट्टा किसानलाई निरुत्साहित पार्ने काम भएको कपिलवस्तुबाट निर्वाचित प्रदेश नं ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीले टिप्पणी गरेका छन् ।

साथै उनले समाजवादका कुरा गर्ने हाम्रो समाज, राजनितिक नेतृत्व, नीति निर्माता र प्रशासनको यो हदको गैर जिम्मेवारीपन कहिलेसम्म भनी आक्रोश पोख्दै यसले एक प्रकारको द्धन्द्ध निम्त्याउन सक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ