arrow

स्वास्थ्य मन्त्रालयको निर्देशनलाई लत्याउँदै रुपन्देहीको तिलोत्तमा नगरपालिका, स्वास्थ्य सम्वन्धि हानिकारक सडक सेनिटाईनिङ्ग प्रयोग जारी (भिडियो)

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ १९ सोमबार
tilotama2.jpg

रुपन्देही । देशभरका ७ सय ५३ वटा स्थानिय निकायहरु मध्ये एउटा फरक पहिचान दिने उद्देश्यले अगाडी वढिरहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाल विश्वका २ सय १५ वटा देशहरु फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्न नगरका प्रवेश द्धारमा अत्याधुनिक (अटोमेटिक) सनिटाईजिङ्ग स्प्रे सञ्चालनमा ल्याएको छ ।

बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्र्तगत उत्तर तर्फ बुटवल उप– महानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना योगिकुटी र दक्षिण तर्फ सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिका प्रवेश गर्ने सिमा द्धारमा अत्याधुनिक (अटोमेटिक) सेनिटाईजिङ्ग मेसिन जडान गरेको छ ।

जुन कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अनुसार त्यसरी मानव स्वास्थ्यमा सेनिटाईजिङ्ग छर्किदा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने वताए पनि तर तिलोत्तमा नगरपालिकाले सो कार्यलाई निरन्तरता दिदै आएको छ । 

एकपछि अर्काे निर्णय गरेर अग्रस्थानमा नाम निकाल्न र उदाहरणिय कार्य गर्न हौसिदै आएको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्वन्धि हानिकारक सेनिटाईजिङ्ग छर्कने कार्यलाई वन्द गर्नुपर्ने निर्देशनलाई दिएपनि तर उक्त नगरपालिकाले लत्याउँदै सडक सेनिटाईजिङ्ग कार्यलाई निरन्तरता दिदै आएको छ ।

नगरपालिकाले सो सडक भएर यात्रा गर्दा साना तथा ठुला सवारी साधन एंव पैदलयात्रीहरुलाई सेनिटाईजिङ्ग गरेर मात्रै प्रवेश गर्न निर्देश जारी गरेको छ । यसैगरी देशका विभिन्न सरकारी अस्पतालमा निर्माण गरिएका अटोमेटिक सेनिटाईजिङ्ग मेसिनहरुलाई स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने एक अध्ययनले देखाएको निष्कर्ष निकाल्दै उक्त मेसिनहरु प्रयोगमा नल्याउन आग्रह गरे संगै वन्द गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ