arrow

कांग्रेस आइका अध्यक्ष सोनिया गिरफ्तार

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
sonia-gandai.jpg.jpeg
एजेन्सी। सामाजिक, राजनैतिक तथा शिक्षा क्षेत्रमा भाजपा गठबन्धन सरकारले आक्रमण गरेको भन्दै विरोधमा कांग्रेसले निकालेको र्यािलीबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतलाई प्रहरीले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
 
बिरोध स्वरुप निकालिएको र्यारली संसद् भवन तिर अघि बढेपछि उनीहरुलाई पक्रिउ गरिएको बताइएको छ । पक्राउ पछि केही बेर घम्साघम्सी भएको बताइएको छ । तर पक्राउको ब्यापक बिरोध भए पछि पक्रिएको १५ मिनेटमा नै प्रहरीले रिहा गरेको बताइन्छ । बिरोध गर्दै ‘सेभ डेमोक्रेसी’ भन्दै नारा बाजी गर्दै  जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले पक्रिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ