arrow

४० वर्षीया रीतादेवीको मृत्यु, शव परीक्षण गरिदै

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
woman-dead-body.jpg

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट सोमबार एक गर्भवतीको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी  रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।  

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ