arrow

राजमहलभन्दा कम छैन शाहरुखको बंगला, यसरी पारे हात

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
saharukh4.jpg

काठमाडौं ।  बलिउड अभिनेता शाहरुख खानको घर 'मन्नत' कुनै राजमहलभन्दा कम छैन। मन्नत मुम्बईमा रहेका सुपरस्टारहरु मध्ये सबैभन्दा राम्रो घरहरूमा एक हो। शाहरुख खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । घरको बाल्कनीबाट टाढासम्म  समुन्द्रको दृश्यपान गर्न सकिन्छ ।

पारसी परिवारले बनाएको उक्त घर शाहरुखले ३२० करोड नेपाली रुपैयाँमा किनेका थिए । बंगला 'मन्नत' शाहरुख खानकी पत्नी गौरी खानद्वारा डिजाईन गरिएको छ। यस घरको प्रत्येक कुना गौरीले एकदम विलासी ढंगले सजाएकी छन्।

घर १९२० मा बनाइएको थियो। त्यस समयमा यसको नाम विला भियना राखिएको थियो । वर्षौंपछि शाहरुखले यो सुन्दर बंगला किने र नाम दिए मन्नत। मन्नत पहिले गुजराती मुलका पारसी किकु गांधीको थियो । जसलाई शाहरुख खान केवल एक छिमेकीको रूपमा चिन्थे।

शाहरुख खानले सन् २००१ मा यस बंगलालाई किने । किंग खानले २६ हजार ३ सय २८.५२ वर्ग फुटमा फैलिएको भिला भियनालाई २१.२७ करोड नेपाली रुपैयाँमा दिएर खरिद गरेका थिए । अहिले यसको लागत ५११ करोड नेपाली रुपैयाँ बताइएको छ ।

 शाहरुख खान यस बंगलाको नाम जन्नत राख्न चाहन्थे, तर पछि उनले त्यसको नाम मन्नत राखे। यस घरमा धेरै फिल्महरू शूट गरिएको छ। सनी देवलको फिल्म 'नरसिम्हा' को क्लाइमेक्स शूट यस घरमा भएको थियो।  शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा उनको दोहोरो भूमिका रहेको थियो । शाहरुख बनेर दोस्रो व्यक्ति उनको घरमा पस्ने सिन छ ।

हाल शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाँको सम्पती रहेको छ । शाहरुखसँग अहिले आफ्नै क्रिकेट टिम छ । शाहरुखसँग आफ्नो नीजि विमान रहेको छ । आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । शाहरुख खानको विमानको बाथरुम पनि १बीएचके बराबर रहेको छ ।  सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।

शाहरुख खानका छोरा हुन् आर्यन । जसले लायक किंगमा बाबु शाहरुखसँगै आवाज दिएका थिए । आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै 'मन्नत' बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ ।

शाहरुख खानका अन्तिम पटक फिल्म जीरोमा देखिएका थिए । यस फिल्ममा शाहरुखले एउटा बाम पुड्को भूमिकामा थिए । यस फिल्ममा शाहरुखसँग अभिनेत्री अनुष्का शर्मा र कट्रीना कैफ पनि मुख्य भूमिकामा थिए।  चलचित्रमा शाहरुख पत्नी गौरी निर्माता थिइन् ।  यद्यपि फिल्म बक्स अफिसमा राम्रो गर्न सकेन, असफल भयो। यो फिल्म पछि, प्रशंसकहरू शाहरुखले उनको अर्को घोषणाको लागि पर्खिरहेका छन्, तर शाहरुखको अर्को फिल्म कुन हुनेछ भनेर कुनै अत्तोपत्तो छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ