- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । बैतडी गुरुखोला कलौन मुल थलो भइ हाल विभिन्न स्थानमा छरिएर रहेका जेष्ठ पितृ बाजे स्वर्गीय रामदत्त भट्ट(रामी) देखि हालसम्म दिवंगत भएका सम्पुर्ण पितृहरुको स्मृतिमा `पितृदेव रघिवडा´ नामले अक्षय कोष सञ्चालन गरिने भएको छ ।
यस परिवारका जेष्ठ महिला सदस्य हंशादेवी भट्टको स्वर्गारोहण भएको पन्ध्रौं दिनको पुण्य तीथिको अवसरमा जेठ १८ गते सो अक्षयकोषको शुभारम्भ गरिएको हो । सो बैठकमा उपस्थित जेष्ठ सदस्य केशव दत्त भट्टको अध्यक्षतामा बैठक बसी समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा जयराज भट्ट(धामी सर), मनोरथप्रसाद भट्ट, हरिप्रसाद भट्ट र श्रीमती बसन्ती भट्ट समेत गरि ५ सदस्यीय अक्षयकोषको एक तदर्थ समिति गठन गरिएको छ ।
सो समितिले बिधान तयार पार्ने नीति नियम तथा अक्षयकोषको निर्देशिका बनाऊने, र कानुनि निकायमा दर्ता गर्नेछ । हाल परिवारका सबै सदस्यहरुबाट साझारुपमा न्यूनतम २ लाख ५१ हजार रकम संकलन गरि कोषको शुरुवात गरिने भएको छ ।
साथै नियमित श्रोतको रुपमा यस परिवार भित्रहुने शुभअशुभ कार्यहरुबाट रकम संकलन गरी अक्षयकोषको अाकार बढाउदै लगिने छ। अक्षयकोषको मुल पुँजि खर्च नगर्ने र ब्याजबाट सामाजिक , धार्मिक, सांस्कृतिक कार्यहरुहरुमा खर्च गरिने संयोजक भट्टले जानकारि दिएका छन ।