arrow

१३ बर्षपछि सशस्त्र प्रहरीले पायो आफ्नै भवन

logo
विवेक मिश्र,
प्रकाशित २०७७ जेठ १९ सोमबार
apf-morang-bahuni.gif

बेलबारी। मोरङको बाहुनी बजारस्थित रहेको सशस्त्र प्रहरी बेस क्याम्प बाहुनीले स्थापना भएको १३ बर्ष पछि आफ्नै भवन पाएको छ । २०६३ साल चैत्र २९ गते तत्कालिन बाहुनी गाविस हाल बेलबारी नगरपालिका वडा नम्बर ७ मा स्थापना भएको सशस्त्र प्रहरी बेस क्याम्पले सुनसरी मोरङ सिचाई आयोजनाको भवनबाट सेवा दिइरहेको थियो ।

चोरी, डकैती, लुटपाट, चन्दा आतंक, बलात्कार, मानव बेचबिखन जस्ता अपराधीक गतिविधिहरु बढेपछि स्थानिय वासिन्दाले सप्ताहा पुराण लगाएर केहि आर्थिक संकलन गरेर जग्गा खरिद गरेपछि स्थानीयकै सकृयतामा बेस क्याम्पको नयाँ भवन निर्माण भएको हो ।

२ करोड ६० लाख लागतमा बनेका उक्त पाँचवटा भवनहरुको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र सशस्त्र प्रहरी बल प्रदेश १ प्रमुख डिआइजी नगेन्द्र बहादुर थापाले सोमबार उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले सुरक्षाकर्मी आफै सुरक्षित भए मात्रै अरुलाई सुरक्षा दिन सक्ने भएकोले नगरपालिकाले सहयोग गरेको बताए । भवनमा अपुग भएका सामाग्रिहरुका लागि नगरपालिकाले अझै सहयोग गर्ने समेत उनले बताए ।

डिआईजी थापाले शान्ति सुरक्षालाई अब्बल बनाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।

बेलबारी नगरपालिका, ग्रामथान गाँउपालिका, कानेपोखरी गाँउपालिका, सांसद बिकास कोष, बुद्ध एयर तथा स्थानिय बासिन्दाको आर्थिक सहयोग र श्रमदानमा उक्त भवनहरु निर्माण भएका हुन ।

बेसपति, पाहुना घर, जवान मेश, स्टोर, जवान शौचालय, स्नानगृह, हावामहल, जवान ब्यारेक, प्रमुख गेट, कम्पाउण्ड वाल समेत बनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ