- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पूर्वस्वास्थ्य मन्त्री तथा सांसद उमाकान्त चौधरीले क्वारेन्टाइनबाटै संक्रमण फैलन थालेको भन्दै सरकारलाई संक्रमितहरुको उचित उपचार गर्न चेतावनी दिएका छन् ।
कोरोना भाइरसका कारण नेपालमा एक हजार आठ सय बढी संक्रमित भइसकेका छन्। सरकार क्वारेन्टाइन उचित व्यवस्थापन गर्न चुकेको मात्र नभइ संक्रमितहरुको पनि उपचारमा चुकेको सांसद चौधरीले बताए।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले तराई, मधेशमा निर्माण भएको क्वारेन्टाइनहरु बिश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित निर्माण भएका कारण असुरक्षीत रहेको बताए।
मधेशमा निर्माण भएका क्वारेन्टाइनहरु अव्यवस्थित र बिश्व स्वास्थ्य संगठनको मापदण्ड विपरितको भएका कारण क्वारेन्टाइनमा बसेकाहरुमा नै कोरोनाको संक्रमण फैलिएको दाबी गर्दै सांसद चौधरीले तत्काल पीसीआर प्रविधिबाट कोरोना संक्रमणको परिक्षण बढाउन आग्रह गरे ।
अव्यवस्थित र मापदण्ड विपरितका क्वारेन्टाइनका कारण जनतामा अनाहकमा संक्रमण फैलन सक्ने भन्दै सांसद चौधरीले कोरोनाका कारण प्रभावित भएका समुदायलाई राहत, उद्धार र नमुना परिक्षण नगरेमा तराई मधेशका जनताको रोग र भोकले ज्यान जान सक्ने खतरा रहेको चेतावनी दिदै सरकारकव ध्यानाकर्षण गराए।