arrow

छ वर्षको उमेरमै ‘सिक्स प्याक’ ?

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
aarav.jpg

काठमाडौं । हिरोहरुलाई सिक्स प्याक शरीर बनाउन निकै मेहनत गर्नुपर्छ । त्यसका लागि कहिले जिमको हल्ला त कहिले भोजनमा मिलाएको सन्तुलनको चर्चा चल्ने गर्छ । 

तर एउटा यस्तो समाचार आएको छ जसले सबैलाई छक्क पार्छ । एक छ वर्षीय बालकले सिक्स प्याक शरीर बनाएर देखाएका छन् । 

आरत हुसैनीले यो क्षमता देखाएर विश्वलाई नै चकित पारेका छन् । इन्स्टाग्राम स्टारका रुपमा परिचित इरानी हुसैनीले चकित पारेर शरीर बनाएका छन् । 

उनका इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् । उनी फुटबल खेलाडी हुन् । त्यस्तै जिम्नाष्ट पनि हुन् । 

उनको शरीर हेरेर कतिपयले त उनलाई केटीमान्छे समेत भन्ने गर्छन् । 

कसरी बनाए यस्तो शरीर ?

इरानको बबोल शहरमा बस्ने आरत आफ्नो सिक्स प्याक बनाउन ९ महिना मेहनत गरेका थिए । 

उनका बुबा मोहम्मदले उनलाई मेहनत गरेर तालिम दिएका थिए । आरतले ९ महिनाको उमेरदेखि जिम्नास्टिक गर्न थालेका थिए । २ वर्षको उमेरसम्म उनले अन्तर्राष्ट्रिय मिडियामा छाइसकेका थिए । 

आरतलाई सकर खेल्न पनि मन पर्छ । उनको जन्म इंगल्याण्डको लिभरपुलमा भएको थियो । उनले अहिले लिभरपुल एकेडेमीमा स्पोर्टस ट्रेनिङ लिएका छन् । 

उनी अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीका फ्यान हुन् । उनी मेस्सीजस्तै खेल्न चाहन्छन् । उनको सपनमा छ मेस्सीले खेल्ने ब्यवसायिक क्लब बार्सिलोनाबाट फुटबल खेल्नु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ