arrow

स्याङ्जामा १२ जनामा कोरोना संक्रमण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ जेठ २० मंगलबार
corona-test.JPG

स्याङ्जा। स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।  स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिकाकै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

यस्तै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यस अघि वालिङका ५ जनामा र गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ ।

संक्रमित भेटिएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले बताए ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

१० बेडको मात्रै आइसोलेसन रहेको जिल्ला अस्पतालमा संक्रमितको संख्या बढ्दै जान थालेपछि भीरकोटस्थित कालिका सामुदायीक अस्पतालमा थप आइसोलेसनको तयारी भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्लामा भारतबाट धेरै संख्यामा मानिसहरु आउने क्रम जारी रहेकाले स्याङ्जा पनि उच्च जोखिममा रहेको भन्दै प्रजिअ क्षेत्रीले सबैलाई सजग रहन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ