arrow

बाँझो जग्गामा खेती गरे अनुदान

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ जेठ २० मंगलबार
paddy-ropai.jpg

स्याङ्जा। स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै कृषकलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ कृषकलाई अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन् यसलाई रोक्न पालिकाले अनुदानको निर्णय गरेको हो । 

“बाँझो राख्ने र बिदेशीने परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको छ ।” अध्यक्ष सुबेदीले भने, अनुदानले मात्र प्रभाबकारी नहुने भएपछि बाँझो जमीनमा खेती गर्ने कृषकका लागि अनुदान दिने योजना ल्याएका हौँ ।”

आफ्नै जग्गामा धानखेती गर्ने कृषकलाई दुई रोपनीको चार हजार रुपैयाँ, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी दुई हजार रुपैयाँ र भाडामा लिएर धान कोदोखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ । 

मौसमी बेमौसमी तरकारी तथा दलहनखेती गर्नेलाई दुई रोपनी जग्गा बराबर दुई हजार पाँच सय रुपैयाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । पालिका भित्र झण्डै ४० प्रतिशत भुभाग खेती योग्य जमिन बाँझै भएकाले अनुदान दिने व्यवस्था मिलाईएको हो ।

गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएपछि स्थानीय कृषक उत्साहित भएका छन् । “बाँझो भएको जग्गामा हामीले जसरी पनि खेती गर्नु नै पथ्र्यो ।” स्थानीय कृषक भोजबहादुर थापाले भने, “बाँझो खेतमा खेती लगाएपछि कृषक र गाउँपालिकालाई आत्मनिर्भर बन्दा दुबैलाई फाईदा हुने भयो ।” 

बाँझो खेतमा खेति गरुन भनेर गाउँपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण समेत गरेको छ । कृषिलाई व्यवसायिक बनाउनका लागि हाते ट्याक्टर र नगद अनुदानको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ