arrow

भारतबाट सामानको तस्करी रोकिएन, धमाधम पक्राऊ 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ २० मंगलबार
Untitled-117.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सिमानाकाबाट अबैध रुपमा ल्याउँदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार राति प्रतापपुर गाउपालिका वडा नं ४ हरखपुराबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी साईकलमा लोड गरि ल्याउँदै गरेको करिब लाख ५० हजार बराबरको (डिएपी) मलको साथै ३ वटा साईकल विषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय ,ईलाका प्रहरी कार्यालय बेलाटारी र पंचपेडा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले उक्त मल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।

लकडाउनको समयमा तस्करी बढेपछि प्रहरीले सक्रिया देखाउँदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब १ लाख ३० हजार बराबरको विभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार पठाएको थियोे भने हरपुर सशस्त्र प्रहरीले ३ लाख ३७ हजारको छोहाडा पनि नियन्त्रणमा लिई भन्सार पठाइएको सशस्त्र प्रहरी २६ नम्बर गण बेलासपुरले जानकारी दिएको छ । 

जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवत जावतमा पूर्णरुपमा रोक लगाइएको भए पनि तस्करहरु तस्करी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ