arrow

आमा नुहाउन जाँदा ४ बर्षिया छोरी वलात्कृत, वलात्कारी राजकुमार फरार

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ २० मंगलबार
child-rape.jpg

नवलपरासी पश्चिम। नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छाेटेलाल यादवले बताएका छन् ।

बालिकाको आमा नुहाइरहेकाे समयमा आइतबार करिब ३ बजे मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको उनकी आमाले बताएकी छिन्। 

बालिका रुनासाथ आमा पुग्दा सहानी फरार भइसकेका थिए । बालिकाको गुप्ताङगबाट रगत बगिरहेको देखेपछि आमाले मंगलापुर स्वास्थ्य चाैकी उपचारका लागि लगेकी थिइन। 

स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीले बालिकाकाे अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ ।

साे घट्नाबारे वडा अध्यक्ष छाेटेलाल यादवले थाहा पाउनसाथ गाेबरहिया प्रहरी चाैकी र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गाेबरहिया र जिल्ला प्रहरी टाेलि मंगलापुर पुगेका थियो ।

घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ