arrow

निर्देशकले शाहरुखलाई एक रात आफ्नी श्रीमतीसँग बस्न आग्रह गरेपछि

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
saharukh_son.jpeg

काठमाडौं । बलिउड स्टारहरु संजय दत्तदेखि सलमान खानसम्म पुगेको हिरासतमा अभिनेता शाहरुख खान पनि एक पटक पुगे। आफ्नो रिसका कारण उनी प्रहरी हिरासत जानु परेको थियो ।

कुरा १९९३ को फिल्म 'माया मेमसाहब' हो । जसमा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक प्रेम दृश्य बनाउनुपरेको थियो । ९० को दशकमा यस्ता सिमहरू एकदम बोल्ड मानिन्थ्यो।

यस फिल्मको दृश्यको बारेमा म्यागजिनका सम्पादकले लेखेका थिए - फिल्मका निर्देशक केतन मेहताले शाहरुखलाई एक रात आफ्नी श्रीमतीसँग बस्न आग्रह गरे ताकि उनीहरूले एक अर्कालाई चिनुन् र प्रेम दृश्य शूट गरुन्।

यो लेख पढेर शाहरुख रिसाए। शाहरुखले सो पत्रिकामा छापिएको लेख पढेपछि यति रिसाए कि उनले पत्रिकाको सम्पादकलाई टोलिफोनबाट धम्की दिए । जसमा सम्पादकले उनीलाई शान्त हुन र लेखलाई मजाकको रूपमा लिनलाई बारम्बार आग्रह गरे ।

शाहरुखले सम्पादकको कार्यबाट रिसाए र सीधै पत्रिकाको कार्यालयमा गएर रिसाउदै दुर्व्यवहार गरे।  पत्रिकाको अफिसमा गए र लेखकलाई मार्ने धम्की दिए। यसपछि दोस्रो दिन शाहरुखको सुटिङ स्थलमा प्रहरीहरु आइपुगे र उनीहरूसँगै हिड्न भने।

शाहरुखले ती प्रहरीहरू उनका प्रशंसकहरू भएको सम्झिए  । उनीहरूसँग भेट्न चाहन्छन् र उनीसँग जाने निम्तो दिइरहेका छन्। तर पछि उनले पत्रिकाको सम्पादकको उजुरीमा उनलाई पक्राउ गर्न आएको बुझे।

एक कार्यक्रममा शाहरुखले भने, 'त्यस समयमा प्रहरीले मलाई पक्रियो र हिरासतको एउटा कोठामा राख्यो। मैले त्यहि पहिलो पटक प्रहरी हिरासत देखे जुन एकदम सानो ठाउँमा बनाइएको थियो र धेरै फोहर थियो। त्यहाँ मल र मूत्रका थुप्रा थिए । ' शाहरुखले एक दिन प्रहरी हिरासतमा बिताउनुपर्‍यो र बेल पनि पाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ