arrow

दैनिक २५० घर परिवारलाई निःशुल्क खाना बितरण, मन्त्रीले गरे प्रशंसा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ २० मंगलबार
khana1.jpg

जनकपुर । कोभिड १९ नियन्त्रणका लागि सरकारले लकडाउनका कारण तेली कुट्टीले निःशुल्क खाना बितरण गर्दै आएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा रहेकोको तेली कुट्टीले जेष्ठ १५ गते देखि दिनहु २५० घर परिवारलाई निःशुल्क खाना बितरण गर्दै आएको हो ।

समाजलाई उत्साहित बनाउनको लागी मंगलबार प्रदेश नम्बर दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले तेली कुट्टीमा गएर बिधिवत उदघाट गरेका छन् । मन्त्री साहले  निःशुल्क खाना बितरण समाजको लागी धेरै राम्रोकाम रहेको बताए।

उदघाट कार्यक्रममा तेली कुट्टीमा निःशुल्क खाना बितरणमा लागने  एक दिनका लागत लागने सम्पुर्ण खर्च मन्त्री साहले पनि आफ्नो निजी खर्चबाट  दिएको छ । तेली कुट्टीका अध्यक्ष जिवछ साहका अनुसार दूरी मिलाएर गोल घेरा गरेरमात्रै निःशुल्क खाना बितरण गर्दै आइएको छ।

जनकपुरमा धेरै ठाउमा निःशुल्क खाना बितरणकार्यक्रम बित्रण बन्द भैसकियो तर हामीहरु जब सम्म लक्कडाउन रहनछ तबसम्म  गरिब तथा बिपन्न परिवारहरुलाई लकडाउन सँगै दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिकहरुलाई हातमुख जोर्न समेत समस्यामा रहेको गरिब तथा अति बिपन्न परिवारहरुलाइ श्री रामजानकी भगवान ज्य तेली कुट्टीले आयोजनामा निःशुल्क खाना बितरण बन्द नहुने अध्यक्ष साह बताए । 

पहिलो दिन दुई सय गरिब अति बिपन्न परिवारमा एक हजार दुई सय जनालाई वितरण गरेको ,दोस्रो दिन दुई सय  १० गरिव तथा अति बिपन्न परिवारमा एक हजार तीन सय जनाको,तेस्रो दिन २२५ परिवार ,चौथो दिन २३० परिवार , पाचौं दिन २२५ घर परिवार र छैठो दिन आज मंगलबार २३५ घर परिवारलाई नि: शुल्क खाना वितरण गरेका अध्यक्ष साहले जानकारी दिए।

निःशुल्क खानामा सहयोग गर्नेहरुमा काली साह २१ हजार ,सहदेव साह २१ हजार ,मनमोहन राम साह २१ हजार,निरज साह २१ हजार ,कारी साह ११ हजार , ललित साह १०० किलो फौजी चामल,सियाकोशोर १०० केजी चामल,सोनफी साह ५ हजार , डाक्टर विनोद साह लगायतका ३० जना सहयोग गरेका नि :शुल्क खाना वितरणमा सहयोग गरेका दाताहरुलाई अध्यक्ष जिवछ साहले हृदय देखि धन्यवाद तथा अभार ब्यक्त  गरेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ