arrow

११ दिनअघि सुत्केरी भएकी सरस्वती बेहोस भएपछि हेलिकोप्टरबाट उद्धार

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
fistel-air-helecopter.jpg.jpeg

बागलुङ । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पुर्‍याइएको छ ।

११ दिनअघि गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी भएकी पोखरेललाई उच्च रक्तचाप, बेहोस हुने जस्ता समस्या देखिएपछि मङ्गलबार दिउँसो आकस्मिक उद्धार गरिएको हो ।

 राष्ट्रपति मातृ सुरक्षा कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टरबाट पोखरा पठाइएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए ।

 पोखरेलको अहिले गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ