arrow

रुकुम घटनाको दोषीमाथि कारवाहीको माग

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
nabaraj-bk-rukum-killed.gif

जनकपुरधाम। रुकुम पश्चिममा दलित युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश दुईका सांसदद्वय परमेश्वर साह र रामअशिष यादवले जातिय विभेद होइन, सामाजिक नरसंहार हो। न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन्।मंगलबार राष्ट्रिय दलित पत्रकार संघ धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा सांसदद्वयले सो कुरा बताएका हुन्।

घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदैन पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य रहेको बताए। सांसदद्वयले भने  ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ। ’दोषीमाथि कारवाही हुनुपर्छ। अहिलेसम्म दोषीलाई नसमात्नु दुःखद कुरा हो सांसद साहले भने ‘यो घटनाले अपराधलाई बढावा दिने भयो।’

संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्को सांसद राम अशिष यादवले जबसम्म अपराधलाई राज्यले बढावा दिन्छ तबसम्म सम्पन्न राष्ट्र बन्दैन। यो जातिय छुवाछुत होइन, छुवाछुत माथिको अपराध हो। दोषीलाई कानूनी कारवाहीमा नल्याएमा जनता चुप लागेर बस्दैन। 

त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन। दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो।’ उनले यो ठूलो अपराध हो। अपराधी जुनसुकैलाई पनि कारवाही हुनैपर्छ तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ