arrow

दशगजा

logo
रोशन कुमार सापकोटा,                                 
प्रकाशित २०७७ जेठ २० मंगलबार
roshan-sapkota.gif

नेपाली जन हो, कता दशगजा ? हामी हरायौँ कहाँ?
सारा देश गयो सधैं खुम्चिदै, हामी हरायौँ कहाँ?
पेल्दा भारतले सदैव बलले हामी हरायौँ कहाँ?
गोर्खाली जनता प्रसिद्ध जगमा हामी हरायौँ कहाँ? ।।१।।

पुर्खाले तरवार मात्र भरमा विश्वै जितेका थिए
ऐले आइ डराइ थुर्थुर हुँदै नेपाल सुम्पी दिए
बिस्तारै अब हे! यही तवरले चल्दै गएमा यहाँ 
यो नेपाल रहन्न है कहिँपनि, हामी रहौँला कहाँ ।।२।।

नेताको भरमा छ देश कसरी रक्षा सिमाना गरौं
उठ्नू पर्दछ आज देश भरि नै, मर्नू परे नी मरौं 
नेपालीपन, स्वाभिमान जिउँदो लाशै सरीको भयो
गुम्दै गो इतिहास, गौरव यहाँ नेपालको जो थियो ।।३।।

याँ सर्वोच्च शिखर् सरी अडिग भै बस्दैन नेता किन ?
गौतम् बुद्ध, सिता तथा पशुपती जन्मे यहाँ खै किन !
उन्का झैँ व्यवहार आज सबले गर्दैन यो देशमा
जन्मे रावण,कंस तारक असुर् मानिसको भेषमा ।।४।।

सबले एक भई बुलन्द स्वरले गर्नू पर्‍यो सामना
सीमाको सहजै विवाद सकियोस् गर्छू यही कामना 
जनताकै तहबाट जाग अब हे नेपालका खातिर
बाँच्नू पर्छ सधैं विराट जगमा ठाडो बनाई सिर ।।५।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ