arrow

क्वारेन्टाइनमा महिलाको मृत्यु, स्वास्थ्य सामग्री नभएको भन्दै उठेन शव

स्वास्थ्यमन्त्रीको भाषण मात्र, व्यवहारमा पीपीई लगायतका स्वास्थ्य सामग्रीको अभाव 

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
Ganayapdhura_Gaunpalika.png

डेडेल्धुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा क्वारेन्टाइनमा बसेकी एक महिलाको निधन भएको छ । ३० वर्षे सविता विकको मृत्यु भएको हो ।

भारतबाट हालै नेपाल आएर क्वारेन्टाइनमा बसेकी उनको मृत्यु कोरोना भाइरसबाट भएको हो वा हैन अझैसम्म पत्तो लागेको छैन । 

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँमै महिलाको क्वारेन्टाइनमै बसेका बेलामा मृत्यु भएको हो । 

घटनास्थलमा प्रहरी पुगेको छ । स्थानीय संचारकर्मी टेकराज अवस्थीका अनुसार प्रहरीले शव भने उठाएको छैन । पीपीइसमेत नभएकाले एम्बुलेन्सका चालकले समेत शव उठाउन मानेका छैनन् । 

कोरोना भाइरस सर्ने डरले शव नजिकसमेत कोही जान नमानेको बुझिएको छ । उनको मृत्यु कसरी भयो भनी पोष्टमार्टम हुन समेत कठिन भएको छ । 

कोरोनाकै आशंकाले उनको शव पोष्ट मार्टम गर्न समेत समस्या भएको छ । क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी तथा सफाइकर्मी र एम्बुलेन्स ड्राइभरलाईसमेत स्वास्थ्य सामग्री नदिएका कारण यो समस्या आएको हो । 

यो घटनाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको भाषणको समेत धज्जी उडेको छ ।

उनले हरेक क्वारेन्टाइनस्थल र एम्बुलेन्स चालकलाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध भइसकेको भनी जानकारी गराए पनि उनको झुठ यही घटनाबाट बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ