arrow

कांग्रेसका नेता दम्पत्ति महेश–संगिता गरिबको घरघरमा निरन्तर राहत पुर्याउँदै 

प्रदीप गिरिले ‘राहतका लागि सरकारको मुख मात्रै ताकेर हुँदैन । स्थानीय स्तरका नेता कार्यकर्ताले थोरथोर राहत संकलन गरी विपन्न बस्तीमा बाँड्नु पर्ने’ सुझाएपछि उत्साही 

logo
एस कुमार, 
प्रकाशित २०७७ जेठ २१ बुधबार
mahesh-sangita-karmacharya.jpg

सिरहा । लहानका महेश चौधरी र संगिता कर्मचार्य पति–पत्नी हुन् । उनीहरु नेपाली काँग्रेस पार्टीसँग आवद्ध छन् । महेश सिरहा काँग्रेसका जिल्ला सदस्य र संगिता काँग्रेस भगिनी संगठन नेपाल महिला संघकी केन्द्रिय सदस्य हुन् । दुवै जनाले लकडाउनका कारण रोजगारी गुमाएका विपन्न, गरिब र दलित बस्तीमा निरन्तर राहत पुर्याउन सक्रिय भएका छन् ।

मंगलबार उनीहरु लहान नगरपालिका २४ खप्टेडाँडाको एकल महिला, असहाय, विपन्न दलित ८० घरपरिवार प्रतिपरिवार चामल १० किलो, तेल एक प्याकेट, नुन १ किलो, भुजा ५ सय ग्रामको दरले राहत बाडेँ । यो बस्तीमा लकडाउनकै क्रममा उनीहरु दुई पटक पहिले पनि राहत पुर्याएका थिए ।

मंगलबार तेस्रो पटक थियो । यहाँ मात्रै होइन, लहान नपा २१ बेतहा गाउँमा आइतबार ४५ घरपरिवार मुसहर समुदायलाई चामल, तेल, नुन बाँडेका छन् ।

यी दुई बस्ती बाहेक लहान नगरपालिकाको २४ वटै वडाका गरिब विपन्न वस्तीमा उनीहरु राहत पु¥याएका छन् । लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । लकडाउन अवधिभरमा २२ सय भन्दा बढी परिवार राहत पु¥याएको उनीहरु बताउँछन् । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । त्यसको दुई महिना बढी बित्न लाग्यो । लकडाउनमा सबभन्दा बढी असर तिनलाई परेको छ, जो दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँथे । दलित बस्तीका स्थानीय र भारतबाट फर्केका कामदारहरुले काम पाइरहेका छैनन् । आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भएको छ ।

सरकारको राहत लहान नगरपालिकाले २ महिनाको अवधिमा एक पटक मात्रै २० किलो दरले विपन्न परिवारलाई राहत वितरण गरेको थियो । त्यतिले हप्तादिन पनि गरिब परिवारले छाक टर्न सकेनन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेको छ । गाउँमा ऋण सापटी गरी जसोतसो छाक टार्छन् ।

लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पु¥याउने चौधरी दम्पति दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा एउटा बस्ती पुग्छन् । राहत बाड्छन् । ‘हामीले यस क्षेत्रका सांसद प्रदीप गिरीकहाँ क्षेत्रभरिमा राहत बाँड्नुपर्ने प्रस्ताव लिएर गएका थियौँ,’ चौधरीले भने,‘ गिरीले दिएको सुझाव अनुसार हामीहरु राहत बितरणमा सक्रिय भएका छौँ । उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ ।’ सांसद गिरीलाई भेट्दा उनीहरुलाई ‘राहतका लागि सरकारको मुख मात्रै ताकेर हुँदैन । स्थानीय स्तरका नेता कार्यकर्ताले थोरथोर राहत संकलन गरी विपन्न बस्तीमा बाँड्नु पर्ने’ सुझाएका थिए । 

उनीहरुलाई राहत बाँड्नका लागि उनको मनकारी साथीभाइले चामल, दाल, तरकारी, नुन र तेल सहयोग पनि गर्छन् । त्यसमा आफ्नो तर्फबाट थपेर उनीहरु गाउँगाउँमा बाँड्छन् । व्यक्तिगत रुपमा ७ लाख भन्दा बढी रुपैयाँको चामल, दाल, तरकारी बाडेको उनले बताए । २ सय क्युन्टल चामल बितरण गरेको उनीहरुले जानकारी दिए । 

‘राहत पाउँदा विपन्न समुदायले आफुहरुलाई फुल दिएर स्वागत गर्छन्,’ कर्मचार्यले भनिन्,‘ उनीहरुको अनुहारमा देखिएको उज्यालोपनले राहत बितरण गर्न थप हौसला पाइरहेको छौँ ।’ संकटको बेला मनकारीहरुले समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्ने भावन जागृति गर्नुपर्ने उनीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ