arrow

आठ जना कोरोनामुक्त

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ जेठ २१ बुधबार
corona-test.jpg

कपिलवस्तु । कपिलवस्तु जिल्लामा  थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जो बुद्धभूमि नगरपालिकाका १ जना, यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाका ५ जना हुन् । 

यससंगै कपिलवस्तुमा निको हुनेको संख्या ३२ पुगेको छ ।

कपिलवस्तुमा ३९३ जना संक्रमितमध्ये ३२ जनालाई निको भएर घर फर्केका हुन् । 

मंगलबार थप ६० जना पोजेटिभ पुष्टि भएका थिए । मंगलबार राति शुद्धोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसअघि दिउँसो ४ः३० बजे दिइएको जानकारी अनुसार कपिलवस्तुमा कोभिड १९ का थप ३२ जना पोजेटिभ पुष्टि गरिएको थियो । 

दिउँसो मायादेवी गाउँपालिका १० महिनाको बालकदेखि ८० बर्ष सम्मका ९ महिला र २३ पुरुषमा पोजेटीभ देखिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ