arrow

भारतीय प्रधानमन्त्री मोदीले इरान भ्रमण गर्ने

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
modi_7593.jpg.jpeg
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिनाको अन्त्यमा इरानको भ्रमण गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ । पश्चिम एसियाली यस राष्ट्रमा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन सो भ्रमण हुने लागेको बताइएको छ । 
 
यद्यपि भ्रमणको मिति भने तय नभएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताए । भारतीय प्रधानमन्त्री इरानी राष्ट्रपति हसन रोउहानीको निमन्त्रणामा त्यहाँ जान लागेका हुन् । 
 
यी दुई नेताबीच केही महिनाअघि रसियाको उफामा भेटवार्ता भएको थियो । त्यस समयमा रोउहानीले गरेको आमन्त्रण मोदीले स्वीकार गरेका  थिए ।  सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ