arrow

'बाजीराव मस्तानी' लाई टीआरपीमा हराउदै कपिल शर्मा शो

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
kapil.jpg.jpeg
एजेन्सी । टीभीको संसारमा 'बाजीराव मस्तानी' लाई कपिल शर्मा शोले हराएको छ।  यो टीआरपी (टेलिभिजन रेटिङ्ग पोइन्ट) को आधारमा हो । २३ अप्रिलमा 'द कपिल शर्मा शो' सोनी च्यानलमा प्रसारण हुदै गर्दा कलर्स च्यानलमा भने चलचित्र 'बाजीराव मस्तानी' पनि प्रसारण भएको थियो  ।
 
सो दुई मध्ये दर्शकले कुन धेरै हेरे, अहिले सो दिनको तथ्याङ्क आएको छ ।
 
भारतिय सञ्चार माध्यमका अनुसार कपिलको शोले शहरी क्षेत्रमा ३.० र ग्रामीण बस्तिमा २.८ की टीआरपी पायो । कपिलको शोले कुल टीआरपी  ५.६ । त्यस्तै 'बाजीराव मस्तानी' ले शहरी क्षेत्रमा २.४  टीआरपी पायो । चलचित्रको ग्रामीण क्षेत्रमा हेरिएको तथ्याङ्क भने आउन बाकि रहेको छ ।
 
रिपोर्टका अनुसार कपिलको  शोले पहिलो हप्ता टप ५ मा ८९४३  इम्प्रेशन्ससाथ स्थान बनाएको छ । कपिलको शोले सोनीको टीभि भिव्यरसिपमा पनि २४ प्रतिशत बृद्धि गरेको छ ।
 
कपिलको यस सफलताले उनि सानो पर्दामा धेरै हेरिने कमेडियन भएको प्रमाणित गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ