arrow

लकडाउनकै बीचमा कर चुक्ता गर भन्ने अर्थमन्त्रीलाई नेकपाकै कार्यकर्ताले पठाए लगाएकै कपडा

आफूहरुको कपडा बेचेर सरकार चलाउन र त्यसमा भ्रष्टाचार नगर्न चेतावनी

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ २१ बुधबार
ncp-birgung-protest-cloth-t.gif

पर्सा। अर्थमन्त्री युवराज खतिवडा कति अदुरदर्शी छन भन्ने कुरा लकडाउन नसकिदै व्यवसायीहरुलाई जेठ २५ भित्रै कर बुझाउन ताकेता गरेबाट देखिएको छ। अर्थमन्त्री खतिवडाले साना ठूला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेता गरेपछि यसको सर्वत्र विरोध भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त भद्र अवज्ञाका लागि आह्वान गर्‍यो भने उद्योग वाणिज्य महासंघले यसको विरोध गर्‍यो। नागरिकहरुले पनि सरकारको ताकेताको अवज्ञा गर्ने भन्दै चुनौती दिए। 

यहि बीचमा नेकपाकै कार्यकर्ताहरु पनि अर्थमन्त्रीको ताकेताको विरोधमा सडकमा उत्रिएका छन्। पर्साका नेकपाका कार्यकर्ताहरुले जनताको पीर मर्का नबुझ्ने अर्थमन्त्रीलाई घण्टाघर चोकमा जम्मा भएर आफैले लगाएको कपडा खोलेर पठाएका छन्। 

लकडाउनमा घरमा थुनेर कर चुक्ता गर्न ताकेता दिने संवेदनहिन अर्थमन्त्रीलाई अब दिन सक्ने लगाएको कपडा बाहेक केहि नभएको भन्दै उनीहरुले कपडा खोलेर अर्थमन्त्रीलाई पठाएका थिए। उनीहरुले अर्थतन्त्र डुवाउनेमा अर्थमन्त्रीको हात रहेको भन्दै उनकव राजीनामा समेत मागेका थिए।

आफूहरुले पठाएको कपडालाई बेचेर सरकार चलाउन र त्यसमा चाहि भ्रष्टाचार नगर्न उनीहरुले खबरदारी गरेका थिए। नेकपा नगर कमिटीको अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा आएका नेकपाका कार्यकर्ताहरुले विरवध प्रदर्शन पछि कट्टु र गन्जी मात्र लगाएर फर्केका थिए। 

औद्योगिक नगरी बिरगञ्जमा भएको यो प्रदर्शनले नेकपा भित्रै पनि हलचल गराएको छ। यसलाई पक्ष पनि प्रतिपक्षी पनि आफै बन्ने रणनीतिको रुपमा पनि कतिपयले अर्थ्याएका छन भने कतिपयले यसलाई निरन्तरता दिन नेकपालाई भनेका छन्। नेकपाका स्थानिय नेता कार्यकर्ताले आगामी दिनमा कसरी अघी बढ्छन त्यो भने हेर्न बाँकी छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ