arrow

निर्णय फिर्ता नदिए धनकुटा उद्योग बाणिज्य संघ आन्दोलनमा

logo
विजय  राई,
प्रकाशित २०७७ जेठ २१ बुधबार
fncci-dhankuta.JPG

धनकुटा। धनकुटा उद्योग बाणिज्य संघले २०७७ जेष्ठ २५ गते सम्म मूल्य अभिवृद्धी कर, अन्तशुल्क तथा अग्रिम आयकरको विवरण र कर नबुझाएमा जरिवाना  गर्ने सरकारको निर्णय फिर्ता लिन अनुरोध गर्दै आज विज्ञप्ती प्रकाशित गरेको छ। उद्योगी व्यावसायीहरुको हित विपरित ल्याएको उक्त निर्णय फिर्ता नदिए धनकुटा उद्योग बाणिज्य संघले शसक्त आन्दोलनमा उत्रिने चेवानी समेत दिएको छ।

लकडाउनको शुन्य समयम भएकाले पछिल्लो पटक सरकारले लकडाउन जेष्ठ ३२ गते सम्म लगाउने निर्णय गरी जारी रहेकोले जेष्ठ २५ गतेसम्म उद्योगी, व्यापारी, व्यावसायीहरुले कुनै पनि हालतमा बुझाउन नसक्ने भएकोले सरकारलाई उक्त निर्णय फिर्ता लिन धनकुटा उद्योग बाणिज्य संघको विज्ञप्तीमा उल्लेख गरिएको छ।

सरकारले यदिबेला व्यावसायीहरुलाई उत्साहीत बनाउने निर्णयहरु गर्नु पर्नेमा सरकारको उक्त निर्णयले व्यावसायीहरुलाई राहतको सट्टा आहत पुगेकोले उक्त निर्णयको तिव्र विरोध गरेको उक्त विज्ञप्तीमा जनाइएको छ।

विश्ब व्यापरी महामारीको रुपमा तिव्ररुपमा फैलदै गएको कोरोना भाईरसका कारण करिव अढाई महिना अघि देखी लकडाउनका कारण उद्योग, व्यापार, व्यावसाय बन्द भएका कारण व्यवासयीहरु चरम आर्थिक मारमा परिरहेको अहिलेको संकटपूर्ण अवस्थामा सरकारले बजेट मार्फत उद्योग व्यायपारीहरुको लागी विशोष प्याकेज सहितको सहुलियत कार्यक्रम ल्याउनु पर्नेमा उल्टै  व्यावसायीहरुको प्रतिकुल हुने निर्णय गर्नु अत्यन्तै विडम्बना र दु ख दायी भएको  जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

सकारकलाई उद्योगी, व्यावसायी मैत्री बन्न अनुरोध गर्दै सरकारले तोकेको सो अवधिमा कुनै पनि हालतमा व्यावसायीहरुले मूल्य अभिवृद्धी कर अन्तशुल्क तथा अग्रिम आयकरको विवरण र कर बुझाउन नसक्ने भएकाले उक्त निर्णय फिर्ता लिनका लागी बिशेष अपिल गर्दै सरकारले निर्णय फिर्ता नलिएमा उद्योगी, व्यावसायी र व्यापारीहरु चरणबद्ध र सशक्त आन्दोलनमा उत्रने समेत धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती मार्फत चेवानी दिएको छ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ