arrow

लकडाउनले रोकेन विकास गर्न छायाँनाथ रारालाई

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ २१ बुधबार
rara-road-karnali.jpg

मुगु। नेपालको सबैभन्दा ठुलो ताल रारा जोड्ने पर्यटन पदमार्ग र सभाहलको एकै दिन शिल्यानास गरिएको छ। मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जिल्ला सदरमुकामबाट छोटो दुरीमा रारा पुग्ने पर्यटन पदमार्ग र सभाहलको आज शिल्यानास गरेका हुन्।

सदरमुकाम गमगढीबाट छोटो र पर्यटकहरुका लागी आनन्दही यात्रामा रारा पुग्न सकिने छायाँनाथ रारा नगरपालिकाका वडा नं ३ तलितुम–लामाचौर–पासाहाल्न सम्मको ४ किलोमिटर पर्यटन पदमार्ग र वडा नं २ अन्तरगत पर्ने पारिपाखामा निमार्ण हुन लागेको सभाहल, कर्भड हलको बुधबार एकै दिन शिल्यानाश गरि निमार्ण कार्य अगाडि बढाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोकाकान्त पाण्डेले बताए।

आर्थिक बर्ष ०७६-०७७ को नगरसभाबाट ५५ लाखको रारा जोड्ने पर्यटन पदमार्ग र ७०  लाखको सभाहल, कर्भड हल निमार्णको लागि रकम विनियोजित गरीएको र सोहि रकम अनुसार निमार्ण कार्य अगाडि बढाईएको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए।

सभा तथा कर्भड हलको लागि नगरपालिकाको तर्फबाट ७० लाख र जनसहभागितबाट २२ लाख ५८ हजार ८८२ गरी कुल यो आबमा ९२ लाख ५८ हजार ८८२ रुपयाँको लागतमा निमार्ण हुने यो योजना क्रमाक्रत रहेको, ५५ लाख नगरपालिकाको तर्फबाट र ३ लाख जनसहभागिताबाट गरी ५८ लाखमा रारा जोड्ने छोटो दुरीको ४ किलोमिटर पर्यटन पर्दमार्ग निमार्ण गरिने छ। चालु आबको असार मसान्त सम्म पदमार्ग निमार्ण कार्य सम्पन्न गर्ने गरि उपभोक्ता समितीले नगरपालिकासंग सम्झौता गरेको छ।

जिल्लामा सभा तथा कवर्ड हल नहुदा खेलकुद तथा सार्वजनिक भेला आमसभा तथा अन्य कार्यक्रम गर्नु पर्दा सदरमुकामा रहेको श्री महाकालि नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा गर्नुपर्ने र विद्यालयमा कार्यक्रम हुदा सधै बिद्यार्थिको पठन पाठनमा समस्या हु्ने भएकाले सभाहल तथा कवर्ड हलको आवश्यकता महशुस गरी छैठौ नगर सभाले क्रमागत बजेट विनियोजन गर्ने गरि योजना छनौट गरेको थियो।

यता जिल्ला मै रहेको नेपाल कै ठुलो ताल रारा हेर्न आउने पर्यटकहरु सदरमुकाममा नआएर सिधै पिना–सल्लेरी हुदै रारा जाने गरेको र सदरमुकामको सिरानमा रहेको नेपाल कै ठुलो तथा पर्यटकिय तालबाट सदरमुकामबासीले फाईदा लिन नसकेकाले सदरमुकाममा पर्यटकको बसाई लम्बाउन र रारा छिटो पुग्नका लागी साविकको गमगढी–रारा विमान स्थल–सल्लेरी–रारा सडक १५ किमी टाढा भएकाले तलितुम–लामाचौर–पासाहाल्न–रारा सडक १० किमी दुरी कम हुने भएकाले पर्यटनमार्गको रुपमा निमार्ण गर्न लागिएको पनि नगरप्रमुख शाहीले बताए।

पर्यटन पर्दमार्ग रारा जोडिए रारा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ भने सदरमुकाम लगायत यो सडकको विचमा पर्ने बस्तिहरुमा ग्रामिण पर्यटन प्रर्वधनमा टेवा पुग्ने र सभाहल तथा कर्भड हल निमार्ण भए जिल्लामा खेल क्षेत्रको बिकास हुनुका साथै प्रतिभा भएर पनि संरचना नहुदा ओझेलमा परेका खेलाडीहरुको क्षमता प्रर्दशन गर्ने मौका पाउने वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ