arrow

आर्थिक र सामाजिक गतिविधिलाई क्रमश सहज तुल्याउन सुझाव

logo
रासस,
प्रकाशित २०७७ जेठ २१ बुधबार
oli-meet-experts.jpg

काठमाडौं। भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको सो छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई  क्रमशः अगाडि बढाउन अपनाउनुपर्ने थप रणनीतिका विषयमा विज्ञले सुझाव दिएको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न क्षेत्रका २५ विषयविज्ञको सहभागितामा सम्पन्न परामर्श बैठक उपलब्धिमूलक र फलदायी भएको जानकारी दिए। करीब चार घण्टा चलेको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहेका थिए।

सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ। आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि बन्दाबन्दी कायम रहँदा उद्योग, व्यवसायका साथै श्रमिक वर्ग प्रभावित भई मुलुकको आर्थिक गतिविधिमै असर परिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ