arrow

गाउँ गएका युवालाई लघुवित्त बैंकबाट पूँजी  

logo
प्रकाशित २०७७ जेठ २२ बिहिबार
102263901_2554263524826892_.jpg

काठमाडौँ । लघुवित्त बैंकहरुलाई थप जिम्मेवार बनाउन गाउँ गएका युवाहरुलाई पूँजी सहयोग गर्न आग्रह गरिएको छ । 

देशको कृषि र ग्रामिण अर्थतन्त्रलाई मजबुद बनाउन लघुवित्त बैंकहरुलाई थप प्राथमिकताका साथ परिचालन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका हुन् । 

धेरै मानिस अहिले कृषि र ग्रामिण क्षेत्रमा केन्द्रीत हुन लागेकाले उनीहरुलाई सहयोग गर्न ग्रामिण क्षेत्रमै केन्द्रीत लघुवित्त बैंकहरु नै सवैभन्दा प्रभावकारी माध्यम हुनसक्ने विज्ञहरुको भनाई छ । 

लघुवित्त संघ नेपाल (म्यान) ले गरेको वेबिनारमा सहभागीहरुले सरकारको प्राथमिकता, आम नागरिकको चासो र लघुवित्तहरुको लक्षित क्षेत्र कृषि र ग्रामिण क्षेत्र साझा हुनु सवैका लागि अवसर पनि भएको बताएका छन् । 

ज्ञान, सिप, अनुभव र अठोटसहित गाँउ फर्किनेहरुलाई सस्तो र सजिलोसँग पुजीँ उपलब्ध गराएर गरिव जनता र देशको आर्थिक अवस्था सुधार्न लघुवित्त बैंकहरुलाई परिचालन गर्दा प्रभावकारी हुने विज्ञहरुको ठहर छ । 

कार्यक्रममा सहभागी विज्ञसँगै लघुवित्त बैंक संचालकहरुले पनि ग्रामिण क्षेत्रका नवउद्धमीहरुलाई सहयोग गर्न र लघुवित्त बैंकहरुलाई बलियो बनाउन राहत प्याकेजको आवश्यकता रहेकोमा जोड दिएका थिए । 

जवाफमा नेपाल राष्ट्र बैंकको लुघवित्त प्रबद्र्धन विभागका डा प्रकाश कुमार श्रेष्ठले राहत तथा अन्य प्याकेजका लागि आन्तरिक छलफल तथा तयारी भइरहेको जानकारी दिए ।

उनले नयाँ संभावना खोज्दै विदेश र सहरबाट गाउँमा आउनेहरु बढ्ने र उनीहरुले सवैभन्दा बढी सहयोग लघुवित्त बैंकहरुबाट लिन सक्ने बताए । 
म्यानका संस्थापक अध्यक्ष जगत पोखरेलले कोरोनाको त्रासका कारण बैंकको कर्जा असुलीमा समस्या भएको र ग्राहकको आम्दानी न्युनिकरण भएकाले तिर्न सक्ने अवस्था नरहेको जानकारी दिए ।

उनले नगरप्रवाहरमा कमी भएको धेरै लघुवित्त बैंकको नाफा घट्ने र कतिपय लघुवित्त बैंकहरु घाटामै जाने निश्चित भएको बताए । 

लघुवित्त बैंकहरु आफै समस्यामा रहेको र ग्राहक तथा सेवाग्राहीहरु पनि पिडित रहेकाले उनीहरुलाई राज्यले सहयोग गर्नु पर्ने अध्यक्ष पोखरेलको भनाई थियो । 

गरिवि निवारणमा धेरै योगदान गरेका लघुवित्त बैंकहरुप्रति राज्यको पनि दायित्व हुनु पर्नेमा राज्यले पर्याप्त प्राथमिकता र प्रोत्साहन नदिएको म्यानकी उपाध्यक्ष भगवती चौधरीले गुनासो गरे ।

कार्यक्रममा लघुवित्तकै विषयमा विद्यावारिधी गरेका युवा तथा खेलकुद मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्मा, लघुवित्त विज्ञ भरतसिंह थापा, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साललगायतले पनि लघुवित्त बैंकहरुलाई सरकारले पर्याप्त परिचालन गर्न सकेमा कोरोनापछिको संकट समाधान गर्न सजिलो हुनेमा जोड दिएका थिए ।

नेपालमा अहिले ८९ ओटा लघुवित्त बैंकहरु रहेको र झण्डै ४५ लाख मानिस ग्राहक रहेको म्यानका महासचिव बाबुराम विश्वकर्माले जानकारी दिए ।

लघुवित्त बैंकहरुको झण्डै पचास प्रतिशत लगानी कृषिमा रहेकोले पनि कृषकहरुका लागि लघुवित्त बैंकहरु सुख दुःखको साथी भएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ