arrow

गण्डकी प्रदेशमा कोरोनाका १६ नयाँ संक्रमित, स्याङजाका पनि थपिए

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ जेठ २२ बिहिबार
covid-test-positive-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १६ नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले बिहीबार बिहामन ५ः४५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार चार जिल्लामा कोरोना संक्रमित थपिएका हुन् । 

थपिएकामा स्याङ्जाका १८ वर्षीय पुरुष, बाग्लुङका १६ देखि ३३ वर्षका एक महिलासहित १० जना, म्याग्दीका १९ देखि २८ वर्षका ३ पुरुष र पर्वतका २१ र २९ वर्षका दुई पुरुष रहेका छन् । 

थपिएकाहरुमा १ महिला र १५ पुरुष हुन् । सबैको स्वास्थ्य सामान्य रहेको पनि विज्ञप्तिमा जनाइएको छ । 

बिहीबार थपिएकासहित गरी गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । 



नयाँ