arrow

दार्चुलाका कोरोना संक्रमितको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
corona-test.jpg

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका कोरोना संक्रमित पुरुषको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जेठ ८ गते संकलन गरिएको स्वाबको पिसिआर रिपोर्ट पोजेटिभ देखिएका २१ वर्षीय पुरुषको जेठ १७ गते गरिएको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । 

कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखिएका २१ वर्षिय पुरुषको दोस्रो स्वावको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । भारतको दिल्लीबाट जेठ ८ गते दार्चुला सदरमुकाम खलंगाको नाका हुँदै आएका उनमा जेठ १५ गते कोरोना पोजेटिभ थियो । 

दोस्रो चरणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी अस्पतालले थालेको छ । यस्तै जिल्लाका २ सय ३७ जनाको स्वाव संकलन गरी कोरोना परीक्षण पिसिआरका लागि धनगढी पठाइएका छ । उनीहरुको रिपोर्ट भने आउन बाकी रहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ