arrow

सरकारी विद्यालयले नै किताब बेचेपछि 

logo
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
101976273_184531002887904_6.jpg

काठमाडौं । जब सरकारी विद्यालय नै व्यवसायमा उत्रिन्छ भने त्यसलाई के भन्ने । तर भएको छ त्यस्तै । समाचार पढ्दा अचम्म नमाने हुन्छ । 

किनकि सिन्धुपाल्चोकको टिमुरेस्थित सुनकोशी गाउँपालिकाको एक सरकारी विद्यालयले किताब बेचेको छ । 

कोल्दोङ देवी माध्यमिक विद्यालयले कक्षा ५ को किताब बेचेको खुलेको हो । मुलुकभर लकडाउनका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भइरहँदा कोल्दोङले सहयोग रसिदमा दुई हजार एक सय ७० रुपैयाँको पुस्तक बेचेको बिल बनाएको हो । 

एक स्थानीयले भने, ‘लकडाउनमै विद्यालय खोलियो र पुस्तक बेचियो । त्यो पनि सहयोग रसिदमा । अब यसलाई केपी शर्मा ओलीको सरकारले कसरी हेर्ने हो कुन्नि ।’  

सिन्धुपाल्चोकका एक स्थानीय नेताले भने, ‘सरकारले निजी विद्यालयले सामुदायिक विद्यालयको जिम्मा लिने भन्या छ । अहिलेदेखि नै प्राक्टिस गर्या होला नि ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ