arrow

चार वर्षे बालिका करणी गरी फरार अभियुक्त नाकाबाट पक्राऊ 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
child-rape.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा चार बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन् । 

जिल्लाको सरावल गाउँपालिका ४ बस्ने ३१ बर्षिय राजकुमार सहानिलाइ प्रहरीले बिहिबार राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो ।

अभियुक्त सहानी केही दिन अगाडि गाउँपालिका ४ मङ्लापुर गाउँ बस्ने ४ बर्षिया बालिकालाई घरमा कोही नभएको बेला र आमा नुहाइरहेको बेला ललाइफकाइ जबर्जस्तिकरणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए । 

करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो ।

बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरिरहेको थियो । 

प्रहरीले विशेष सुराकीको आधारमा आरोपित सहानिलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ