arrow

कोरोनाबाट एक बिरामीको ज्यान गएपछि अस्पतालका १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

logo
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
hospital-1.jpg

रामपुर । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि  १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । 

यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । 

उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

पाल्पामा सङ्क्रमित सातमध्ये पाँच जनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेशन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै रहेका छन् ।  

रामपुरमा पचास शय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ । 

उनीहरुलाई शुक्रबार आइसोलेशन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ